बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला । 
शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्तरगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ । हामी सबैको इच्छ्या अनिवार्य आधारभुत निशुल्क शिक्षा मूल नारा एबं एक बच्चाको भर्ना मेरो समाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व आदर्श वाक्यकासाथ बिद्यार्थी भर्ना बिशेष अभियान राष्ट्रब्यापी रुपमा सञ्चालन भएको छ । तर, दार्चुलाको बादी समुदायका अधिकासं बालबालिका राज्यले अनिवार्य र निशुल्क गरेको आधारभुत शिक्षाको पहुचबाट समेत बञ्चित रहेका छन । 
शुक्रबार देशभरी भब्यताकासाथ वाल दिवस मनाइरहदा यो समुदायका बालबालिकाहरुको पिडा निकै पृथक थियो । बिडम्बना बालबालिकाहरु अभिभाबक संगै गिट्टि कुट्न, बालुवा बोक्न जान्छन, तर बिद्यालय जादैनन ।
शैल्यसिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारमा बसोबास गर्ने बादी समुदायका दुई दर्जन बढी बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित रहेका हुन । बादी बस्ती जिल्लाकै दोस्रो ठुलो बजार, गोकुलेश्वर माबि, क्याम्पस लगायत आधा दर्जन बिद्यालय रहेको क्षेत्रमा पर्छ, तर बालबालिकाहरु बिद्यालय हैन, चमेलिया नदी किनार र सडक पेटिहरुमा भौतारीएका देखीन्छन् । शिक्षा क्षेत्रका समाजिक अभियान्ताहरुलाइ यो बस्तीको तस्बिरले सधै गिज्याइरहेको हुन्छ । बिद्यार्थी भर्ना अभियानमा सतप्रतिषत बिद्यार्थी नियमित आधारभुत शिक्षा आर्जन गरीरहेको भनेर तथ्याङक तयार पार्ने काम भइरहेको छ । तर बिडम्बना यो बस्तीका अधिकासं बालबालिकाहरुले बिद्यालय र शिक्षाको अनुहार देख्न पाएका छैनन, बिद्यालय भर्ना भएका बिद्यार्थीहरुसमेत नियमित उपस्थित नहुने र बिचैमा कक्षा छोड्ने समस्या रहेको छ । 
नेपालको संबिधानमा प्रतेक बालबालिकालाइ परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्बागीण ब्यक्तित्त बिकासको हक हुनेछ भनेर स्पष्ट उल्लेख गरीएको छ । तर ब्यवहारीकता र वास्तबिकता चिन्ताजनक छ । 
गोकुलेश्वर माद्यमिक बिद्यालयको चालु शैक्षिक सत्रको तथ्याङक अनुसार बादी समुदायका २६ जना बिद्यार्थी भर्ना भएका छन् । बिद्यालयका प्रद्यानाद्यापक धनन्जय जोशीका अनुसार सिशु कक्षामा २ जना छात्र र २ जना छात्रागरी ४ जना, कक्षा १ मा ५ जना छात्र र ७ जना छात्रा गरी १२ जना, कक्षा २ मा १ जना छात्र र १ जना छात्रागरी २ जना, कक्षा ३ मा १ जना छात्रा, कक्षा ४ मा ३ जना छात्रा, कक्षा ५ मा ३ जना छात्रा र कक्षा ६ मा १ जना छात्रा गरी २६ जना बालबालिका भर्ना भएका छन् । 
माथिको तथ्याङक हेर्दा बिद्यालय भर्ना नहुने र बिचैमा कक्षा छोड्ने बालबालिकाहरु ठुलो संख्यामा भएको स्पष्ट हुन्छ । साथै भर्ना भएका बिद्यार्थीहरु समेत कहिलेकाही मात्रै बिद्यालय पुग्ने गरेका छन् । सरकारले बादी समुदायका बालबालिकाहरुलाइ बिद्यालय भर्ना भएबाफत भत्ता र दैनिक उपस्थितिको आधारमा समेत भत्ताको ब्यवस्था गरेको छ, तर बालबालिकाहरु बिद्यालय जादैनन् । बिचैमा पढाइ छोड्ने गरेकै कारण कक्षा ६ भन्दा माथि बिद्यालयमा एक जनापनि बिद्यार्थी छैनन् । 
यस बस्ती वरिपरिका  बालबालिकाहरु सधै हातमा कापि कलम समाएर बिद्यालय जादैगर्दा बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टि कुट्न, पौडिन चौलानी नदी किनारतर्फ लाग्छन् । साथै उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आयस्रोतको माध्यम केहिपनि छैन । भारी बोक्ने, गिट्टि बालुवा निकाल्ने, छलिया नाचँ गर्ने, माछा मार्ने लगायतका गतिबिधि गरेर दिनचर्या बिताउँने गरेका छन् । मजदुरी गरेर पैसाबाट मदिरा सेवन गरेर अधिकासं रात त पुरै परिवार भोकभोगै सुत्नुपर्ने दुखेसो समेत यो समुदायका मानिसहरु सुनाउँछन । अधिकासंको न आफ्नो खेतबारी छ, नत घर जमिननै । बस्तीभरी फोहोरमैला र दुर्गन्ध मात्रै भेट्टिन्छ । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसङगतिले समेत जरा गाडेर बसेको छ । 
बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानि गरेपनि बालुवामा पानी हालेजस्तै हुने गरेको छ । त्यसकारण अब राज्यले प्रभाबकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारहरुलाइ स्वरोजगारी शृजना गर्दै आत्मनिर्भर बनाउँनु आबश्यक रहेको छ । ब्यवहार परिवर्तन गरेर जीबिकोपार्जनमा ध्यन दिए अहिलेको अवस्थाबाट यो समुदायका मानिसहरु माथी उठ्न सक्ने सम्भाबना रहेको छ । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सारथी खबर, दार्चुला ।- दुई जना बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दार्चुलामा दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा बैतडी