यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सारथी खबर, दार्चुला ।- दुई जना बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दार्चुलामा दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा बैतडी जिल्ला डिलाशैनी गाउपालिका ३ का २१ वर्षिय देवेन्द्र कोली र १८ वर्षिय भरत कोली रहेका छन् ।
आरोपित दुवै जनाले भदौ २३ गते गौरामा देउडा हेरेर फर्कने क्रममा शैल्यशिखर नगरपालिका वडा नं ३ खोेला नजिकै दुइ जना वालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको हो । उनीहरुको दार्चुला जिल्ला अदालतबाट सात दिनकोम्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैले करणीका आसयले वालवालिकासँग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा वालयौन दुरुपयोग अथवा यौन दुव्र्यवहार गरिएमो मानिने छ । सो कसुर अन्तर्गत उनीहरुलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरीवानाको प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको