कैलालीमा १४ वर्षीया बालिका बलात्कृत

 

सारथी खबर, दार्चुला ।

कैलालीमा एक बालिका बलात्कृतको घटना सार्वजनिक भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–६, बछुरियामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बछुरिया बस्ने ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी भदौ १३ गते राति १० बजेतिर बालिकालाई बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको छ ।१३ गते रातिको घटना पनि शुक्रबार रातिमात्रै प्रहरीकहाँ जानकारी आएको प्रहरी निरीक्षक जोशीले बताए ।पीडित बालिकाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।कक्षा–७ मा अध्ययनरत् बालिका बछुरियामा बाजेसँग बस्दै आएकी थिइन् । बाजे घरमा नभएको समयमा कुँवरले उनको बलात्कार गरेको जनाइएको छ । बालिकाका आमा–बुवा अछाममा बस्दै आएका छन् ।

#इमेज

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको