अमेरिका र मेक्सिकोबीच नयाँ सहमति

सारथी खबर, दार्चुला ।- नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट अर्थात नाफ्टाको विषयमा अमेरिका र मेक्सिको नयाँ सहमतिमा पुगेका छन् ।

२५ वर्ष अगाडि अमेरिका, मेक्सिको र क्यानडा मिलेर गरेको नाफ्टा सहमतिमा पूनरावलोकन गर्न अमेरिका र मेक्सिको सहमत भएका हुन् ।

सहमति पुनरावलोकन गरिनुपर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउँदै आएका थिए । सन् १९९४ मा भएको त्रिदेशिय सहमतिका कारण अमेरिकाको उत्पादन क्षेत्र विशेषतः अटोमोबाइल्स् उद्योगमा असर पुग्दै आएको ट्रम्पको तर्क छ । अमेरिकाले सम्झौता पुनरावलोकन नगरिए नाफ्टाबाट बाहिरिने चेतावनी पनि दिंदै आएको थियो ।

नाफ्टाका विषयमा दुई देशबीच सहमति भएको खबर बाहिरिए लगत्तै अमेरिकाको शेयर बजार उकालो लागेको र मेक्सिकोको मुद्रा पेसो बलियो भएको विबिसीमा उल्लेख छ । पछिल्लो ५ हप्तादेखि नाफ्टा सहमतिकोबारेमा मेक्सिको र अमेरिकाका अधिकारीहरुबीच छलफल चलेको भएपनि क्यानडा भने सहभागी थिएन ।

सम्झौता पुनरावलोकन भएको विषयमा जानकारी दिंदै ट्रम्पले क्यानडालाई नाफ्टाभित्रै राख्ने वा छुट्टै अर्को सहमति गर्नेबारेमा विचार भैरहेको बताएका छन् । यता, मेक्सिको र अमेरिकाबीच सहमति भएपछि क्यानडालाई पनि दवाव परेको छ । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले सम्झौता घोषणा पछि अमेरिकी राष्ट्रपति ट्रम्प र मेक्सिकोका राष्ट्रपति इनरिक पेना निटोसँग टेलिफोन संवाद गरेका छन् ।

क्यानडा पनि यो हप्ताभरिमा ठोस रचनात्मक निर्णयमा पुग्ने आंकलन गरिएको छ । यसै हप्ता क्यानडा र अमेरिकाका अधिकारीबीच सम्झौताका विषयमा विस्तृत छलफल हुने जानकारी दिइएको छ ।

- जनता समाचार

प्रतिकृया दिनुहोस

बिमस्टेक : पाकिस्तान एक्लाउने भारतको दाउ या साँच्चैको आर्थिक विकास ?

सारथी खबर, दार्चुला । बिहीबार र शुक्रबार काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलन

प्रधानमन्त्री ओली र भुटानी सरकारप्रमुखबीच भेटवार्ता

सारथी खबर, दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली र भु्टानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुकबीच भेटवार्ता भएको छ ।

जापानले ल्यायो ड्राइभर बिना नै चल्ने ट्याक्सी

सारथी खबर, दार्चुला ।  अब जापानका व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् । विश्वमा अहिलेसम्म स्वचालित