असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान दिवसकोरुपमा राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरीएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बिहिबार बसेको जिल्लास्थित सरोकारवालाहरुको बैठकले जिल्लाभरी दिवसलाइ भब्यताकासाथ मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा नगर सरसफाइ, प्रभात फेरी, सास्कृतिक कार्यक्रम, झाकी प्रदर्शनि, प्रबचन गोष्ठी लगायत बिबिध कार्यक्रमगरी दिवस मनाउँने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।
दिवस मनाउँनकोलागी जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा संबिधान दिवस मुल समारोह समिति गठन गरेर तयारी थाल्ने निर्णय गरीएको छ । समितिको सक्रियतामा असोज २ गते बिहाँन ७ बजेदेखी ९ बजेसम्म २ घन्टानगर सरसफाइ र दिउँसो आ आफ्नो कार्यालय परिसर सरसफाइ गर्न साथै साझ दिपावली गर्ने निर्णय गरीएको छ । २ गते बेलुकी जिल्ला अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरीएको छ । सरसफाइकोलागी गल्फै क्षेत्रमा सशस्त्र प्रहरी र प्रदेश सरकार मातहतका कार्यालयहरुको सहभागिता रहने, बजार क्षेत्रमा नेपाल प्रहरी, नगरपालिका लगायत बिभिन्न कार्यालय र बंगाबगर क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ लगायतले सरसफाइ गरेर खुलामंचमा जम्मा हुने सहमति भएको जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले बताउँनुभयो ।
यस्तै असोज ३ गते संबिधान दिवस जिल्ला समारोह समितिको कार्यक्रममा प्रभातफेरी, सास्कृतिक कार्यक्रम, मञ्चंको औपचारीक कार्यक्रम गर्ने निर्णय गरीएको छ । उक्त कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन महाकाली नगरपालिकाले गर्ने समेत निर्णयमा उल्लेख गरीएको छ ।
यस्तै असोज ४ गतेका दिन जिल्ला स्थित सबै सरकारी कार्यलय एबं स्थानिय तहहरुले बृक्षारोपण कार्यक्रम गर्ने र उक्त कार्यक्रमको संयोजन डिभिजन बन कार्यालय दार्चुलाले गर्ने निर्णय गरीएको छ ।
संबिधान दिवसलाइ भब्य र सम्भताकासाथ सम्पन्न गर्न जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालय र ९ ओटै स्थानिय तहहरुले तिनदिनसम्म साझँ दिपावली गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउँनुभयो ।
दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको सम्झनामा संबिधान दिवस मनाइने गरीन्छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले