५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला ।
दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय नरेन्द्र सिंह धामी र बझाङका ४० वर्षिय हरे बोहरा रहेका छन । 
भारतबाट महाकाली नदि तारेर अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाको टोलीले श्रीबगडबाट पक्राउ गरेको हो । बरामद गरिएको ५१ किलोग्राम सतुवाको बजार मुल्य ३ लाख ६ हजार रुपैया रहेको छ । 
आबश्यक अनुसन्धानकोलागी बरामद अवैध सतुवा सहित पक्राउ परेका दुबैजनालाइ अपिनाम्पा सरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाका गुल्मपती डिएसपी भिम बहादुर भन्दले बताउँनुभयो ।
पक्राउ परेकाहरुलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही हुने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त प्रमुख पशुपती अधिकारीले जानकारी दिनुभयो । ऐन अनुसार उनिहरुलाई १० हजार जरिवाना ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उहाँले बताउँनुभयो ।

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको

दुई दशकपछि अपिहिमाल आरोहणमा विदेशी

सारथी खबर, दार्चुला । सशस्त्र द्धन्द्धकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलूक चेक गणतत्रका आठ जना २ जना