गौरा पर्वको बिशेष दिन अष्ठमी ‘अठवाली‘ धुमधामकासाथ मनाइदै

सारथी खबर, दार्चुला ।
गौरा पर्वको बिशेष दिन अठवाली अर्थात अष्टमी पर्व आज, दार्चुला लगायत सिगों प्रदेश नम्बर ७ मा हर्षोल्लासका साथ मनाइँदै छ । अष्ठमी पर्व गौराको विषेश पूजाआजा गर्नुको साथै बिभिन्न सास्कृतिक गतिबिधि गरेर मनाइने गरीन्छ ।
प्रदेश ७ को मौलिक धार्मीक, सास्कृतिक परिवेस झल्किने गरी मनाइने यो पर्व दार्चुला, बैतडी, डडेल्धुरा, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाईँदै छ । 
राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दीरका साथै जिल्लाका दुई दर्जनबढी मन्दीर बिभिन्न देबिदेवताका सक्तिपिठ र शिब मन्दीरहरुमा गौराको पुजा गर्दै भब्य मेला लागेको छ । 
काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन घर फर्किएका छन् । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गरेर साताब्यापी रुपमा गौरापर्व धुमधामकासाथ मनाइदै छ । 
गौरा पर्वमा देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाईलो गर्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो ब्यङ्ग्य गरेर खेल खेलिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख प्रेम बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।
जिल्लाको कुनै कुनै ठाउँमा अष्ठमीकै दिन गौरापर्वको बिशर्जन गरीन्छ । भने अधिकासं ठाउँमा अझै एक हप्तासम्म बिभिन्न मन्दीर र सार्वजनिक स्थलहरुमा मेलाको आयोजना गरेर आ–आफ्नै चलन अनुसार मनाइने गरिन्छ ।
 

प्रतिकृया दिनुहोस

अनमोल केसी पारिश्रमिक नलिइ सांगीतिक कन्सर्टमा

सारथी खबर, दार्चुला । – नायक अनमोल केसी ’अनमोल इभ-२०१८’ का निम्ति मोफसल भ्रमणमा निस्किएका छन् । अनमोलका साथमा उनका पिता भुवन केसीसमेत सँगै छन् ।

इन्टरनेटकाे नशा

सारथी खबर, दार्चुला । माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ

फूपु बन्दा केकीलाई फाइदा कि घाटा ?

  सारथी खबर, दार्चुला । २ बर्षाले नगरेको भूमिका गरेर नायिका केकी अधिकारीले ‘नाई नभन्नु ल ५’मा इन्ट्री मारिन् । आफ्नो करिअरमा एउटा पनि हिट