मुलूकी अपराधसंहिता लागू भएपछि मुद्धा शून्य

सारथी खबर, दार्चुला ।
भदौ १ गतेबाट मुलुकी अपराध संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा मुद्धा परेको छैन् ।

चालू आर्थिक वर्षको साउन महिनामा मात्र ७ वटा मुद्धा दर्ता भएको जिल्ला अदालतमा भदौ १ गतेदेखि बिहीबारसम्म मुद्धा शून्य भएको छ । साउन महिनामा ३ वटा सम्बन्ध विच्छेद, विवाह बदर, अंश बण्डा, जालसाज, र सावरी ज्यानका १।१ गरी कुल ७ वटा मुद्धा दर्ता भएको जिल्ला अदालत दार्चुलाले जनाएको छ । साउन २७ गतेदेखि जिल्ला न्यायाधिश अदालतमा छैनन् । यसअघिका न्यायधिश इश्वरी पराजुलीको सरुवा भएपछि जिल्ला अदालत न्यायधिश विहिन छ ।

भदौबाट १६५ वर्ष पुरानो मुलूकी ऐन विस्थापित गर्दै अपराधसहिता ऐन २०७४ जारी भएपछि मुद्धाको संख्या बढ्ने अनुमान गरिएकोमा मुद्धा परेको छैन, जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार शेरबहादुर विष्टले भन्नुभयो । अहिले दुई वटा मुद्धा प्रक्रियामा भएपनि दर्ता भएको छैन् ।

पछिल्लो समय एउटा चोरी र एक ज्यान मार्ने उद्योगको मुद्धा म्याद थप भएपनि दर्ता भएको छैन् । जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्षमा कुल १ सय ६ थान मुद्धा दर्ता भएको थियो । जसमा अदालतले ८० थान मुद्धा फछ्र्यौट गरेको थियो । यस वर्ष भने गत वर्षको तुलनामा मुद्धाको संख्या अहिलेसम्म कमी आएको श्रेस्तेदार विष्टको भनाई छ । गत वर्ष जिम्मेवारी सरि २६ थान मुद्धा आएका छन् ।

गत वर्षबाट सम्बन्ध विच्छेदका ४, अंश मुद्धा ७, जग्गा खिचोला २, जबजरजस्ती करणी ३, कर्तव्य ज्यानका २, लेनदेनका २, तथा लिखित बदर, जालसाज ठगी, बहुविवाह, गाइ मारेको लगायतका १।१ थान मुद्धा जिम्मेवारी सरि आएका छन् । गत वर्ष दर्ता भएका मुद्धालाई पुरानै मुलूकी ऐन अनुसार फैसला हुने या नयाँ संहिता ऐन आकर्षित हुनेमा अझै अन्यौल रहेको विष्टले बताउनुभयो । 

जिल्ला न्यायधिशमा पुन नेपाल आउने 
दार्चुला जिल्ला न्यायधिशको रुपमा पुन राजेन्द्र नेपाल आउने भएका छन् । जिल्ला अदालत दार्चुलामा कार्यरत न्यायधिश इश्वर पराजुलीको सरुवा भएसँगै पुन न्याधिशको रुपमा नेपाल आउने भएका हुन् । 
२०७४ पुषमा दार्चुलाबाट जिल्ला न्यायाधिश नेपालको जिल्ला अदालत काठमाण्डौमा काज सरुवा भएको थियो । उहाँको काज फिर्तापछि जिल्ला न्यायधिशको रुपमा प्रकाशकुमार काफ्ले दार्चुला आउनुभएको थियो । न्यायधिश काफ्लेको ५ महिनामा सरुवा भएपछि उहाँको ठाउँमा ईश्वर पराजुलीलाई पठाएका थिए । नेपाल हाल जिल्ला अदालत काठमाण्डौमा छन् । 
जिल्ला अदालत दार्चुलामा एक वर्षको अवधिमा चार वटा न्यायधिश फेरिएका थिए । जिल्ला अदालतमा दुर्गा भुसाल, राजेन्द्र नेपाल, प्रकाश काफ्ल र इश्वर पराजुली एक वर्षको अवधिमा फेरिएका हुन् ।
 

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको