घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

सारथी खबर दार्चुला । सल्यानमा घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको ज्यान गएको हो । मंगलबार राति ९ बजे तिर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका ६ जना मध्ये ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुवा आमासहित २ छोरी र १ छोराको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको