व्यस्त भएर के भो, यसरी रोमान्टिक बनाउन सकिन्छ सम्बन्ध

सारथी खबर, दार्चुला ।

पारिवारिक खर्चको आकार बढेको छ । दैनिक गुजारादेखि चाडपर्व, घुमफिर, मनोरञ्जन, औषधी-उपचार, शिक्षा-दिक्षा जस्ता कुराले खर्च बढाइदिएको छ । यस्ता खर्च व्यवस्थापनका लागि घरमा एक जनाको कमाई मात्र पर्याप्त छैन ।

श्रीमान् कमाउने र श्रीमति भात-भान्सा सम्हाल्ने पुरातन संरचना अहिले परिवर्तन भएको छ । पारिवारिक खर्च टार्ने र भविष्यका लागि आवश्यक रकम जगेर्ना गर्ने हेतुले श्रीमान् र श्रीमति दुबै आय-आम्दानीको काममा भाग लिन थालेका छन् । अर्कोतिर महिलाहरु भान्सामा मात्र सीमित हुनुहुन्न भन्ने चेतनाले पनि उनीहरुलाई भान्साको चौघेराबाट बाहिर निकालेको छ ।

यसरी श्रीमति पनि आयआर्जनमा लागेपछि पारिवारिक जीवन सहज हुने मात्र होइन, श्रीमान् नै हावी हुने भय पनि रहन्न । यसले आर्थिक जीवन मात्र होइन, मानसिक जीवन पनि सहज हुँदै गएको अवस्था छ । तर, यसको साइड इफेक्ट पनि छ ।

कामकाजी दम्पतीको साइड इफेक्ट

जब श्रीमान् र श्रीमति दुबै जागिर खान थाल्छन्, कामधन्दामा लाग्छन्, आयआर्जनको बाटोमा लाग्छन्, उनीहरुवीचको सामिप्यता स्वत कम हुन्छ । दुबै विहान उठ्नसाथ हतार-हतार खानपान गरेर घरबाट बाहिरिन्छन् । दिनभर आ-आफ्नै काममा व्यस्त हुन्छन् । र, साँझ घर र्फकन्छन् । यतिबेला दुबै थकित हुन्छन् ।

अझ अवस्था के छ भने, श्रीमति दिनभर काम गरेर फर्किएपनि पुन भात-भान्सा सम्हाल्नुपर्ने हुन्छ । उनीहरु हतार हतार खाना पकाउन, भाँडावर्तन सफा गर्नमा लाग्छन् ।

यस्तो अवस्थामा श्रीमान् र श्रीमतिबीचको संवाद पनि पातलिन्छ । अर्कोतिर उनीहरुले आफ्ना बालबच्चासँग खेल्ने समय पनि पाउँदैनन् ।

श्रीमान् र श्रीमति दुवै जागिरे हुँदा घरको आम्दानी बढेपनि एउटा कुराको भने कमी हुन्छ, त्यो हो एक अर्काको लागि पर्याप्त समय । भन्नुको अर्थ दुवै यति धेरै व्यस्त हुन्छन् कि एकअर्का संगै बिताउने पर्याप्त समय नै मिल्दैन ।

अझै पनि पति पत्नीमै निर्भर छन्

नेपाली समाजमा घरको मुली पुरुष भए पनि उनीहरु हरेक स-साना कुराको लागि पनि श्रीमतिमा निर्भर रहन्छन् । धेरै पतिहरु आफ्नो नीजि आवश्यकताहरुको लागि समेत पत्नीमा निर्भर हुन्छन् ।

पत्नी विचराले कति ध्यान राखोस् ? बच्चा, सासुससुरा वा पतिको ध्यान दिने कि आफ्नै अरु काम गर्ने ? धेरै पतिले आफ्नो ससाना कामको लागि पनि पत्नीमाथि हुकुम चलाउन थाल्छन् र पत्नीलाई तत्काल पतिको सेवामा हाजिर हुन पर्छ अन्यथा पतिको परवाह नभएको भनेर गाली सुन्न पर्छ ।

कामकाजी महिलाहरु कामको बोझले यति थिचिएका हुन्छन् कि उनीहरु स्वयम् खुसी हुन पाउँदैनन् ।

पत्नीले आफ्नो पतिको सबै आवश्यकताहरुलाई ध्यान राख्छिन् फेरि पनि किन प्रताडित हुन्छिन् ? पतिले के आफ्नो पत्नीका सबै इच्छा, भावनाहरु र आवश्यकताहरुलाई ध्यान दिएर उनलाई खुसी राख्न हुँदैन । के कार्यालयको कामले पति मात्रै थाक्छन् पत्नी थाक्दिनन् ?

एक अर्कालाई बुझ्ने प्रयास गर्नुहोस्

कामकाजी श्रीमान्-श्रीमतिले एक अर्कालाई मनपर्ने र मननपर्ने कुराहरु, एकअर्काको व्यस्तता र बाध्यतालाई बुझ्नु पर्छ तबमात्रै दाम्पत्य जीवन सुखी हुन्छ ।

कामकाजी दम्पतीले धेरैपटक कतै जाने कार्यक्रम बनाउँछन् तर एकजनालाई कार्यालयबाट छुट्टी मिल्दैन र यात्रा नै स्थगित गर्न पर्छ । यस्तोमा दुवैले यसलाई सहज रुपमा लिनुपर्छ ।

यसैगरी बेलुका कुनै पार्टीमा जाने कार्यक्रम बनेको छ  तर श्रीमान् श्रीमतिमध्ये एकलाई कार्यालयमा कामको चापको कारणले आउन ढिलो भयो भने उसको यो वाध्यता बुझ्न पर्छ ।

कामकाजी दम्पतीहरुमा कार्यालयको तनाव पनि रहन्छ । कसैको हाकिम रिसउठ्दो हुनसक्छ, यस्तोमा हाकिम दबाब प्रताडना झेलेर जब श्रीमान् वा श्रीमति घर आउँछन् उनीहरु आफ्नो रिस आफ्नो जीवनसाथी वा बच्चामा उतार्न सक्छन् ।

उनीहरुले यस्तो नगरेर एक अर्काको समस्या र तनावको बारेमा छलफल गर्नुपर्छ । यदि उनीहरुले एक अर्कालाई साथी मानेर आफ्नो समस्याको बारेमा खुलेर कुरा गरेमा भने तनाव धेरै कम हुन्छ ।

समय व्यवस्थापन गर्नुहोस्

दम्पतीमा धेरैपटक केही कुरा गर्न एकलाई मन लागेको हुन्छ तर अर्कोलाई हुँदैन । श्रीमान् वा श्रीमतिले फिल्म हेर्ने, सपिङ गर्ने, होटलमा खाना खाने होस् वा कतै घुम्न जाने इच्छा गरेमा आफूलाई मन नभए पनि उनीहरुको खुसीको लागि आफू तयार हुनुपर्छ ।

त्यसलाई अन्यथा नलिइ एकअर्काको भावनाहरुको कदर गर्न सिक्नुपर्छ । कहिल्यै पनि एक अर्कासँग केही निर्णय गर्दा सर्तहरु थोपर्न थालियो भने त्यसले सम्बन्धमा असर गर्न सक्छ ।

कामकाजी दम्पतीले एक अर्कासँग त्यति नै अपेक्षा राख्नुपर्छ जुन पुरा गर्न उनीहरुलाई पनि समस्या नहोस् ।

श्रीमान् श्रीमति दुवै जागिर खाने दम्पतीहरुले एक अर्कासँग बिताउन थोरै समयमात्रै निकाल्न सक्छन् । त्यसैले कामकाजी दम्पतीहरुलाई जति समय सँगै गुजार्नको लागि मिल्छ यसलाई हाँसी खुसी बिताउनपर्छ ।

थोरै मात्रै मिलेको समय पनि लडाइझगडा वा तानातानीमा बित्यो भने रमाइलो हुँदैन । त्यसैले यो महत्वपूर्ण समयलाई नष्ट नगर्नुहोस् । घर र बाहिरको केहि जिम्मेवारीलाई आपसमा बाँड्नुहोस् । पतिले पनि घरको केही काममा पत्नीलाई सघाउनुहोस् ।

जसको लागि जुन काम सजिलो हुन्छ त्यो जिम्मेवारी आफ्नो जिम्मामा लिएमा कुनै एकमा मात्रै भार पर्दैन ।

कामकाजी दम्पतीको ब्यस्तता धेरै हुने भएपनि उनीहरुले समयव्यवस्थापन गरेर आफ्नो दाम्पत्य जीवनलाई राम्रोसँग निर्वाह गर्न सक्छन् ।

यदि दुवैको साथमा एकअर्काको लागि समय नभएमा दुवैको कमाईको मात्रै कुनै फाइदा हुँदैन । त्यसले उनीहरुले एक अर्काको लागि समय निकाल्नै पर्छ । यसले दाम्पत्य जीवन सुखमय हुन्छ ।

अनलाईन खबर

प्रतिकृया दिनुहोस

बच्चा हुर्काउँदा आमा–बुबाको भूमिका कस्तो हुनुपर्छ? के–के कुरामा ध्यान दिने?

सराथी खबर दार्चुला । हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर सबैको चाहना पूरा नहुन सक्छ। कुनै

स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

  सारथी खबर, दार्चुला । हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता